होमपेज > त्रिविमा शिक्षक-कर्मचारी भर्ना खुला प्रतिस्पर्धाबाट गर्न सर्वोच्चको परमादेश

त्रिविमा शिक्षक-कर्मचारी भर्ना खुला प्रतिस्पर्धाबाट गर्न सर्वोच्चको परमादेश

बिज्ञापन
बिज्ञापन

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई शिक्षक तथा कर्मचारी भर्ना खुला र स्वच्छ प्रतिस्पर्धाबाट गर्न परमादेश जारी गरेको छ ।

बिज्ञापन

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले त्रिवि ऐन, २०४९ को उद्देश्यविपरीत खुला प्रतिस्पर्धालाई साँघुरो बनाउने प्रावधान राख्न नहुने ठहर गर्दै यस्तो आदेश जारी गरेको हो ।

बिज्ञापन

सर्वोच्चले त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ६९१० मा २०७८ मङ्सिर १४ र २०८० असार १२ मा गरिएको संशोधन बदर गरेको छ । उक्त संशोधनले अस्थायी वा करार सेवामा १० वर्ष काम गरेका शिक्षक र कर्मचारीलाई मात्र विशेष आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउने व्यवस्था गरेको थियो, जसले खुला प्रतिस्पर्धा र संविधानप्रदत्त समानताको हक हनन गरेको अदालतको ठहर छ ।

उक्त संशोधनले विश्वविद्यालय सेवामा बाहिरका योग्य व्यक्तिहरूलाई प्रवेश गर्नबाट वञ्चित गरेको र त्रिवि ऐनको उद्देश्यविपरीत असक्षमतातर्फ धकेलेको फैसलामा उल्लेख छ । सर्वोच्चले खुला प्रतिस्पर्धाबाट दक्ष र मेधावी जनशक्ति भित्र्याउनुपर्नेमा जोड दिएको छ । रमेश विष्ट, मनिता खत्रीलगायतले दायर गरेको रिटमा २०८१ फागुन ६ मा भएको आदेशको पूर्ण पाठ हालै सार्वजनिक भएको हो । रिट निवेदकहरूले २०७७ मङ्सिर ९ मा प्रकाशित उपप्राध्यापक भर्ना विज्ञापन स्थगित भएको र संशोधनले आफ्नो हक हनन भएको दाबी गरेका थिए ।

बिज्ञापन

सर्वोच्चले त्रिविलाई ऐनको उद्देश्यअनुरूप स्वच्छ प्रतिस्पर्धाबाट पदपूर्ति गर्न र खुला प्रतिस्पर्धालाई निषेध गर्ने प्रावधान नराख्न निर्देशन दिएको छ ।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते