होमपेज > नेकपा माओवादीको पदाधिकारी बैठक भोलि बस्ने

नेकपा माओवादीको पदाधिकारी बैठक भोलि बस्ने

बिज्ञापन
बिज्ञापन

नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ।

बिज्ञापन

आइतबार दिउँसो ३ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। माओवादी केन्द्रका सबै पदाधिकारीहरू काठमाडौं आइनपुगेकाले बैठक सारिएको हो। बैठक सोमबार बिहान ८ बजे बस्ने महासचिव गुरूङले जानकारी दिए।

बिज्ञापन

बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिए। ‘अहिले हाम्रो जागरण अभियान मधेसकेन्द्रित छ। मधेसमा विशेष रूपमा मनाइने होली पर्व पनि सुरू भएको छ,’ उपमहासचिव पुनले सेतोपाटीसँग भने, ‘हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान आधाजति सकिएकाले त्यसका बारेमा पनि समीक्षा गरौं भनेर केही दिनका लागि अभियान स्थगित गरिएको हो।’

उनले प्रचार गरिएजस्तो पूर्वराजाको सक्रियता बढेकाले अभियान स्थगित नगरिएको बताए। फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबार बारा, पर्सा र चितवनमा हुने तय थियो।

बिज्ञापन

त्यसपछि क्रमश नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ। होली लगत्तै फेरि अभियान सुरू हुने माओवादीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते