देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
सिराहा, अर्नामा गाउँपालिका-३ पछवारी टोलस्थित सडकमा अर्नामा बजारबाट अर्नामा गाउँतर्फ जाँदै गरेको स.१ द ८५ नम्बरको ट्याक्टरको ठककरबाट साइकलयात्री सोही ठाउँ बस्ने राम सेवक महतोको छोरा १३ वर्षीय सतिस कुमार महतोको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
बिज्ञापन
कैलाली, धनगढी उपमहानगरपालिका-१४ स्याउले बजारस्थित सडकमा से।२ प ३५९० नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा से.२ प ३५९० नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका-६ बस्ने ४० वर्षीय रूपलाल चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको नोभा अस्पताल धनगढीमा उपचार भइरहेको छ।
यसैगरी कैलाली, चुरे गाउँपालिका-५ निङलाडीस्थित सडकमा दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१०-०१ ज १५२२ नम्बरको जिप अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक डोटी सायल गाउँपालिका-४ घर भएका २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनालाई उपचारको लागी मायामेट्रो अस्पताल धनगढी पठाइएको छ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित सडकमा पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग.१३ प ५०६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बेलचौतारा बस्ने ५२ वर्षीय बालकृष्ण पौडेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला श्ववास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो।
बिज्ञापन
रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ बेलवास शिवालय मन्दिर अगाडि सडकमा ग.१ ज ७८०५ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीया प्रबिना क्षेत्रीको मृत्यु भएको छ। गाडीले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बुटवल हस्पिटल प्रालिमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो। साथै ठक्करबाट घाइते भएका अन्य २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।








