प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन्।
बिज्ञापन
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन्। प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो।
बिज्ञापन
केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध जनाएका थिए।








