राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गरेका छन्।
बिज्ञापन
बिहीवार अपरान्ह जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
बिज्ञापन
उक्त जहाजमा ६२ यात्रु थिए। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद सिंहले भने, ‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो। र काठमाडौंमा एउटा पाङ्ग्रमा मात्रै ल्याण्ड गर्यो। यसको विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गरियोस्।’








