होमपेज > अत्याधुनिक वाटरपार्क सञ्चालन हुँदै

अत्याधुनिक वाटरपार्क सञ्चालन हुँदै

बिज्ञापन
बिज्ञापन

मधेश प्रदेशको राजधानी जनकपुरधामसँग नजिक रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –१ मा निर्माण भएको अत्याधुनिक वाटरपार्क शुक्रबारदेखि सञ्चालन हुन लागेको छ ।

बिज्ञापन

जानकी फनपार्क एण्ड रिर्सोट प्रालिद्वारा सञ्चालन हुन लागेको वन्डरलैंड वाटरपार्कको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका प्रबन्ध निर्देशक गुड्डु जैनले शुक्रबार विहान ११ वजे अभिनेत्री प्रियंका कार्कीको उपस्थितिमा उदघाटन हुने जानकारी दिनुभयो ।

बिज्ञापन

तीन लाख स्क्वायरफिट क्षेत्रफल रहेको उक्त पार्कमा मलटिलेन सलाइड टु लेन, बोडी वेभ स्लाइड, हाइस्पिड वोडी सलाइड, ओपेन वोडी टर्निङ्ग सलाइड, ओपेन फलोट सलाइड, वेभ पुल, रेन डाँस, फाइभ प्लेटफर्म वाटरप्ले सिस्टम, टोट एक्टीभिटी, फुड कोर्ट, पार्टी हल, परफरमेन्स स्टेज निर्माण भइसकेको प्रबन्ध निर्देशक जैनले जानकारी गराउनुभयो ।

वन्डरलैंड वाटरपार्क दक्ष तथा अनुभवी कर्मचारीको निगरानीमा बिहान १०ः३० बजेदेखि बेलुकी –५ बजेसम्म सञ्चालनमा रहने भन्दै पार्कमा प्रवेश गर्ने तीन फीट मुनीका बालबालिकालाई प्रवेश शुल्क नलाग्ने र अन्यको हकमा प्रतिव्यक्ति ८४० तथा कर प्रवेश शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो ।

बिज्ञापन

पानीको स्वच्छता कायम गर्न पार्कमा चारवटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरेको बताँउदै आगन्तुकका लागि कस्टम तथा लकर उपलब्ध गराउने व्यवस्था मिलाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पर्यटन प्रबर्धनको साथै रोजगारीको अवसर सिर्जना गर्नु र मधेश प्रदेशका जनतालाई मनोरञ्जन प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य रहेको भन्दै प्रबन्ध निर्देशक जैनले सिद्धार्थ वैंकको क्रण सहयोगमा हालसम्म पार्कको निर्माणमा १२ करोड ५० लाख खर्च भइसकेको जानकारी दिनुभयो । उदघटनका दिन फागुन २३ गते शुक्रबार सबैलाई प्रवेश निःशुल्क गरिएको उहाँले बताउनुभयो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते