होमपेज > मेयर बालेन्द्र साहको योजनामा धक्का: धर्मशाला सञ्चालनको अब मारवाडी समितिकै जिम्मा

मेयर बालेन्द्र साहको योजनामा धक्का: धर्मशाला सञ्चालनको अब मारवाडी समितिकै जिम्मा

बिज्ञापन
बिज्ञापन

गौशलास्थित धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिकै हातमा गएको छ । यससँगै काठमाडौं मारवाडी सेवा समितिबाट गौशाला खोस्ने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको योजनामा धक्का लागेको छ ।

बिज्ञापन

उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो । उच्च अदालतकव यस फैसलासँगै काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच यसअघि भएको सम्झौता पनि खारेजीमा परेको छ । काठमाडौं महानगरको हस्तक्षेपपछि कोषले मारवाडी सेवा समितिसँगको सम्झौता रद्द गरेको थियो ।

बिज्ञापन

उक्त विषयमा मारवाडी सेवा समिति काठमाडौं जिल्ला अदालतमा पुगेको थियो । अदालतले कोषको पक्षमा फैसला गरेसँगै महानगरसँग अर्को सम्झौता भएको थियो । माथिल्लो अदालतमा पुनरावेदन जाने समय बाँकी रहँदै कोष र महानगरबीच सम्झौता भएको भन्दै मारवाडी सेवा समितिले आपत्ति जनाइरहेको थियो । अदालतको आदेशसँगै गौशाला धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पुरानै सम्झौता पुनः लागू हुने भएको छ।

पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच २०६० जेठ १२ गते गौशाला धर्मशाला सञ्चालन गर्ने सम्झौता भएको थियो । तर, कोषले २०८० साउन १७ गते एकतर्फी रूपमा सम्झौता भंग गर्ने निर्णय गर्दै पत्र पठाएको थियो । उक्त निर्णयविरुद्ध समितिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे पनि अदालतले २०८१ असोज १६ गते समितिको दाबी नपुग्ने फैसला गरेको थियो। जिल्ला अदालतको फैसला पूर्णरूपमा सार्वजनिक नहुँदै २०८१ असोज २२ गते कोषले गौशाला धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने निर्णय गर्दै नयाँ सम्झौता गरेको थियो ।

बिज्ञापन

त्यसलगत्तै महानगरले धर्मशाला आफ्नो नियन्त्रणमा लिन खोज्दा विवाद र झडप पनि भएको थियो । नयाँ सम्झौता खारेज गर्न माग गर्दै मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा २०८१ कात्तिक १ गते रिट हाल्यो । उच्चले २०८१ कात्तिक २ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कोष र महानगरबीचको सम्झौता तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
२०८१ मंसिर १३ मा अदालतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै महानगरलाई धर्मशाला प्रवेशमा रोक लगाएको थियो । तर बिहीबार अदालतले मारवाडी सेवा समितिको पक्षमा फैसला दिँदै कोष र महानगरपालिकाको सम्झौता बदर गरिदिएको छ।

उच्चको आदेशपछि मारवाडी सेवा समितिले खुसी व्यक्त गरेको छ । उसले मिलेको जनाएको छ। ‘सम्मानित उच्च अदालत पाटनबाट हाम्रो मागअनुसार रिट जारी भई न्याय प्राप्त भएको छ’, समितिले भनेको छ, ‘यो कठिन समयमा न्यायका लागि साथ दिने बुद्धिजीवी, सेवाग्राही, पत्रकार, नागरिक समाज, सुरक्षाकर्मी तथा स्थानीय प्रशासनप्रति आभारी छौँ । पशुपति गौशाला धर्मशालाजस्तो सेवामूलक संस्था जोगाउन सकिएकोमा हर्षित छौँ ।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते