होमपेज > ‘छक्कापञ्जा–५’ र ‘१२ गाउँ’को कमाइ कति? अबको सुुपरहिट चलचित्र को?

‘छक्कापञ्जा–५’ र ‘१२ गाउँ’को कमाइ कति? अबको सुुपरहिट चलचित्र को?

बिज्ञापन
बिज्ञापन

दशैंको फूलपातीको अवसरमा तीन नेपाली चलचित्र ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ एकसाथ प्रदर्शनमा आए । यी चलचित्र प्रदर्शन भएको १० दिन पुग्दा तीनै चलचित्रले राम्रो व्यापार गरेको देखिएको छ ।

बिज्ञापन

बिज्ञापन

असोज २४ गतेबाट ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ एकसाथ प्रदर्शनमा आएका चलचित्र हुन् । प्रदर्शनअघि नै चर्चामा रहेको चलचित्र ‘छक्कापञ्जा–५’ लाई हलहरुले पहिलो प्राथमिकता दिएका थिए । छक्कापञ्जा सिरिजको पाँचौं संस्करण भएकाले पनि यसमा दर्शकको उत्साह उच्च थियो । अग्रिम टिकट बुकिङ खुलाउँदा तीन चलचित्रमध्ये सबैभन्दा धेरै शो ‘छक्कापञ्जा–५’ले पाएको थियो । ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ले करिब उस्तै उस्तै शो पाउँदा ‘छक्कापञ्जा–५’ले करिब करिब यी दुई सिनेमाले पाएको सो जति एक्लैले पाएको थियो ।तर , विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गयो । दिन दुईरतीन चार शोका दरले ‘१२ गाउँ’का शो थपिँदै जाँदा प्रदर्शनको छैटौँ दिनमा आइपुग्दा मल्टिप्लेक्स चेनहरुमा यी दुवै चलचित्रले बराबर शो पाए । ‘ज्वाइँसाब’ले भने सुरुमा ‘१२ गाउँ’ बराबर नै शो पाए पनि पहिलो दिनबाटै दर्शक नआएपछि शो सर्लक्कै घट्यो । तर, रिलिजको तेस्रो दिनबाट भने भएका शोमा विस्तारै अकुपेन्सी बढाउँदै आएको छ । सुरुवाती दिनमा कम शो पाएको ‘ज्वाइँसाब’ले समेत यतिबेला आफ्नो गति लिएको छ ।

-छक्कापञ्जा ५ र १२ गाउँको धमाकेदार कमाई

बिज्ञापन

शुरुवाती दिनदेखि नै दर्शकको भीड उम्लिएको ‘छक्का पञ्जा–५’ले अघिल्ला सिरिजहरूलाई पछि पार्दै १० दिनभित्र नै १० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।

यता, अर्को चलचित्र ‘१२ गाउँ’ पनि त्यत्तिकै लोकप्रिय रह्यो । समाज, संस्कृति, राजनीति र एक्सनप्रधान कथावस्तुका कारण यो चलचित्रले पनि ‘छक्कापञ्जा–५’ कै हाराहारीमा दर्शक तान्न सफल भएको छ । यस चलचित्रले पनि १० करोडभन्दा बढीको व्यापार गरेको जानकारी दिइएको छ । दर्शकले यो चलचित्रलाई खासगरी एक्सनप्रधान विषयवस्तुका कारण रुचाएका छन्, जसले नेपाली चलचित्रमा एक्सनप्रति दर्शकको आकर्षण अझै जिवित रहेको देखाएको छ । यस हिसाबले ‘छक्का पञ्जा–५’लाई दरो टक्कर दिइरहेको पुष्टि गर्छ ।

दुई ठूला ब्यानरका चलचित्रसँगै प्रतिस्पर्धामा आएको ‘ज्वाइँसाब’ शुरुवातमा कमजोर देखिएको थियो । यो चलचित्रले पहिलो हप्तामा थोरै मात्र व्यापार गर्यो । तर, चलचित्रलाई राम्रो समीक्षाहरु र दर्शकको सकारात्मक प्रतिक्रियाले बुस्ट दिएपछि यसले पनि दर्शकको ध्यान तान्न थालेको छ ।

अहिलेको अवस्थासम्ममा ‘ज्वाइँसाब’ले ३ करोडभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ, जसले दर्शकको माया जित्दै अघि बढिरहेको देखाउँछ। हलहरुले पनि यसको माग बढेसँगै शोहरुको संख्या बृद्धि गरेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते