होमपेज > बढ्यो अण्डाको मूल्य, कति पर्छ?

बढ्यो अण्डाको मूल्य, कति पर्छ?

बिज्ञापन
बिज्ञापन

बजारमा अण्डाको मूल्य बढेको छ। अण्डाको खपत बढेसँगै मूल्य बढेको हो। आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

बिज्ञापन

‘हिजो हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं,’ उनले भने, ‘बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको हो।’ बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ।

बिज्ञापन

मूल्य बढेसँगै अब ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्ने भएको छ। यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ थियो। यो किसानले पाउने मूल्य हो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ।

हाल उपभोक्ता मूल्य प्रतिक्रेट २० देखि ३० रूपैयाँका दरले बढेको टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए। उनका अनुसार हाल उपभोक्तालाई प्रतिक्रेट अण्डाको मूल्य ठूलो चार सय ७०, मध्यम चार सय ५० र एक्स–एल ४ सय ९० रूपैयाँ पर्नेछ।

बिज्ञापन

यसअघि उपभोक्ताले प्रतिक्रेट अण्डा ठूलो ४ सय ४०, मध्यम ४ सय २० र एक्स–एल ४ सय ६० रूपैयाँ थियो। हाल उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ पर्ने उनले जानकारी दिए। यसअघि पनि प्रतिगोटा अण्डा भने २० रूपैयाँमै बिक्री भएको थियो।

मूल्य थोरै घटबढ हुँदा प्रतिगोटा अण्डाको मूल्य भने घटबढ हुँदैन।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते