होमपेज > ह्वाट्सएपमाथि साइबर आक्रमण: ९० जनाको अकाउन्ट ह्याक

ह्वाट्सएपमाथि साइबर आक्रमण: ९० जनाको अकाउन्ट ह्याक

बिज्ञापन
बिज्ञापन

निकै सुरक्षित मानिएको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमाथि साइबर आक्रमण भएको छ। मेटाका अनुसार जेरो क्लिक विधिको प्रयोग गरेर ह्वाट्सएपमाथि ह्याकरहरुले आक्रमण गरेका हुन्।

बिज्ञापन

यसबाट केही संख्याका ह्वाट्सएप प्रयोगकर्ताहरु साइबर हमलाकारीको निशानामा परेको समाचारमा उल्लेख गरिएको छ। ह्वाट्सएपमाथिको पछिल्लो साइबर हमलामा इजरायली कम्पनी प्यारागन सोलुसन्सको निगरानी सफ्टवेयर Graphite को प्रयोग भएको दाबी मेटाले गरेको छ। साथै ९० जना ह्वाट्सएप प्रयोगकर्ताको अकाउन्ट ह्याक भएका उसले जानकारी दिएको छ।

बिज्ञापन

ह्वाट्सएपले पनि साइबर आक्रमणकारीहरुले ९० जना प्रयोगकर्तालाई सिकार बनाएको र सम्भवतः उनीहरुको डेटा चोरी गरेको पुष्टि गरेको छ। ती ९० जनामा पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरु समेत रहेका छन्। यद्यपि उनीहरुको बारेमा थप विस्तृत विवरण आएको छैन।

मेटाका अनुसार साइबर आक्रमणकारीले केही छानिएका व्यक्तिलाई सिकार बनाए। त्यसमा पत्रकार, नागरिक समाजका सदस्य लगायतका रहेका छन्। यसरी आक्रमण पर्नेमा विभिन्न २० देशका ह्वाट्सएप प्रयोगकर्ता छन्। Paragon Solution को Graphite सफ्टवेयरले वास्तवमा जेरो क्लिक विधिबाट काम गर्दछ। यसको अर्थ क्लिक नगरीकनै यो डिभाइससम्म पुग्दछ र डेटा चोरी गर्ने क्षमता राख्दछ। यस अवस्थामा स्मार्टफोन प्रायेगकर्तालाई आफ्नो फोनमा साइबर हमला भएको पत्तो हुँदैन।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते