होमपेज > मुलुकलाई खिचडी राजनीति चाहिदैन: वामदेव गौतम

मुलुकलाई खिचडी राजनीति चाहिदैन: वामदेव गौतम

बिज्ञापन
बिज्ञापन

राष्ट्रियसभा सदस्य वामदेव गौतमले कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका छन्।

बिज्ञापन

आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै गौतमले सिद्धान्त फरक भएका कांग्रेस र कम्युनिष्ट पार्टीहरुले मिलेर चूनाव लड्ने र सरकार बनाउने काम गरेर खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका हुन्। उनले मुलुकलाई खिचडी राजनीति नचाहिने भएकाले यसलाई बहिष्कार गर्नुपर्ने धारणा राखे। हरेक पार्टीले स्वतन्त्र ढंगले जनताको बिचमा जाने र त्यसका आधारमा संगठन निर्माण गरेर देखाउनुपर्ने उनको भनाइ छ।

बिज्ञापन

गौतमले अहिले अध्यादेश नै राजनीतिक माहोल बनेको तर आफु अध्यादेशको पक्ष वा बिपक्षमा नरहेको जिकिर गरे। अध्यादेश जारी गर्दा बिपक्षीलाई पनि विश्वासमा लिनु उचित हुने उनले बताए।

गौतमले राष्ट्रलाई लोकतन्त्रमा आधारित समृद्ध समाजवाद आवश्यक रहेको भन्दै यस दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नरहेको धारणा राखे।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते