होमपेज > आज काठमाडौंका यी स्थानमा ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने

आज काठमाडौंका यी स्थानमा ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने

बिज्ञापन
बिज्ञापन

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत अवरूद्ध हुने भएको छ। प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्र, बूढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको हो।

बिज्ञापन

जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ। विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

बिज्ञापन

बूढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडर अन्तर्गतका स्थानहरुमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। टोखा फिडर अन्तर्गतका हात्तिगौडा, बालुवा डीपो, खत्री गाउँ हुँदै विष्णुमति वारिपारी टोखा (वडा नं. १, २ र ३ सबै क्षेत्र), भुतखेल, टोखा बजार, चण्डेश्वरी, पन्चेटार, झोर, साङ्ला तथा भत्केको पुलसम्मका क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ। शिवपुरी फिडर अन्तर्गत पर्ने डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार एरियामा साँझसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै महाराजगन्ज वितरण केन्द्रको बसुन्धारा फिडर अन्तर्गतका बासबारी, चक्रपथ, सामाखुशी, टोखा रोड, ग्रान्डी अस्पताल क्षेत्रमा बिहान ९ देखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित तोकिएको समय अगाडि काम सम्पन्न भए अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते