होमपेज > गुल्मी जिल्लामा ६८ हजारबढी नागरिकले लिए राष्ट्रिय परिचयपत्र

गुल्मी जिल्लामा ६८ हजारबढी नागरिकले लिए राष्ट्रिय परिचयपत्र

बिज्ञापन
बिज्ञापन

गुल्मी जिल्लामा ६८ हजार बढीले राष्ट्रिय परिचयपत्र लिएका छन्। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सञ्चालन गरिएको अभियानबाट परिचयपत्र वितरण गरिएको हो।

बिज्ञापन

दुवै स्थानबाट जिल्लामा हालसम्म ६८ हजार ७२१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण भएको जिल्ला प्रशासन कार्याल्य गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए। जिल्ला प्रशासन कार्यालयमार्फत ९ हजार ८७९ जनालाई र वडा तहमै अभियान अन्र्तगत ५८ हजार ८४२ जनालाई राष्ट्रिय परिचयपत्र वितरण भएको हो।

बिज्ञापन

जिल्लामा हालसम्म २ लाख ६ हजार ४६६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन्। त्यसमध्ये १ लाख ८९ हजार ५५९ जनाको राष्ट्रि परिचयपत्र बनेर आएको गैरेले बताए। नागरिकको सहजताको जिल्लामा कात्तिक ८ गतेदेखि वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिदै आएको छ। वडा तहमै गएर विवरण संकलन गरिएका राष्ट्रिय परिचयपत्रको वडामै पुगेर वितरण गरिंदै आएको छ।

जिल्लामा स्थानीय तहमा पुगेर १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको थियो। यी सबै स्थानीय तहमै पुगेर वितरण गरिंदै आएको छ। जिल्लाको इस्मा, गुल्मीदरबार, कालिगण्डकी, धुर्कोट, मदाने, चन्द्रकोट, रुरुक्षेत्र र मालिका गाउँपालिकामा स्थानीय वडा तहमै पुगेर विरतण भइसकेको छ। बाँकी रहेका सत्यवती र मुसिकोट नगरपालिकामा विरतण भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

बिज्ञापन

वितरण गर्न बाँकी रहेको रेसुङ्गा नगरपालिकामा अन्तिम चरणमा वितरण गरिंदै छ। अबको एक महिना भित्रमा वडा तहमै पुगेर वितरण गरिने कार्य सम्पन्न हुने प्रशासन कार्यालयले जनाएको छ। स्थानीय तहमै राष्ट्रिय परिचयपत्र वितरण कार्यमा ४ हजार २२१ जनाको विवरण संकलन पनि भएको छ। सरकारले सवै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

जसले गर्दा प्रशासन कार्यालयहरुमा परिचयपत्र प्राप्तीका लागि विवरण दर्ता गराउने र बनेर आएकाहरुको लिन आउनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ। राष्ट्रिय परिचयपत्र लिंदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर प्रशासन कार्यालयमा आउनुपर्ने प्रमुख जिल्ला अधिकारी गौतमले बताए।

पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड अत्याधिक बढेको छ। सरकारले सवै प्रकारका सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउने संख्या वृद्धि भएको छ। सामान्य तया ४० जनादेखि ८० जनासम्मको राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा दोब्बरले संख्या बृद्धि भएको छ। राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि आवेदनका लागि बृद्धबृद्धाहरु लाइनमा बस्ने गरेका छन्।

अहिले प्रशासन कार्यालयमा २ वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ। जसमा सरदर ८० जनासम्मको क्षमता रहेको छ। तर, अहिले दोब्बरले संख्या बृद्धि हुँदा सेवा ग्रहीलाई पनि समस्या हुने गरेको छ। राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचाहन सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान९श्रीमतिको नाम, स्थायीरअस्थायी ठेगाना पर्दछन। जैविक विवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ।

परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाइँसराइको गरेको हकमा बसाइँसराइको सक्कल कागजपत्र चाहिन्छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते