होमपेज > महिला यू-१९ टी-२० विश्वकप: आज नेपाल अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

महिला यू-१९ टी-२० विश्वकप: आज नेपाल अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

बिज्ञापन
बिज्ञापन

मलेसियामा जारी महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समय अनुसार अपराह्न सवा १२ बजे शुरु हुने यस खेल नेपालका लागि महत्वपूर्ण हुनेछ।

बिज्ञापन

समुह डी मा रहेको नेपालले यसअघि खेलेका दुबै खेलमा पराजय भोगेको छ भने सुपर सिक्समा पुग्ने सम्भावना झिनो रहेको छ। अर्कोतर्फ, अस्ट्रेलियाले आफ्नो दुबै खेलमा जित निकाल्दै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको मुख्य दाबेदार मानिएको अस्ट्रेलियालाई पराजित गर्न सक्ने हो भने मात्र नेपालले सुपर सिक्समा पुग्ने सम्भावना ब्यूँतिन सक्छ। आजको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दाबेदार अस्ट्रेलियालाई चुनौती दिने प्रयास गर्नेछ।

बिज्ञापन

विश्वकप खेल्न १५ सदस्यीय नेपाली टोली पूजा महतोको कप्तानीमा मलेसिया पुगेको छ। टोलीमा कप्तान पूजा महतोसँगै उपकप्तान सोनी पाख्रिन, साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन्। नेपाल समुह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग छ। समुह चरणको खेलमा नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्याण्डसँग पराजय बेहोरेको थियो।

जनवरी १८ बाट शुरु भएको यस विश्वकपमा १६ देश सहभागी छन्। प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते