फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
बिज्ञापन
कालीमाटीमा आज आलु, गोलभेँडासहितका तरकारीको मूल्य केही घटेको छ। कालीमाटीमा आज पनि काउली, फर्सी, मुला, सागसहितका तरकारी अन्य तरकारीको दाँजोमा सस्तो छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज सानो लोकल गोलभेँडा २५, रातो आलु ४२, भारतीय रातो आलु ३८, सुकेको भारतीय प्याज ६४, गाँजर ६५, लोकल बन्दा २०, तराईको बन्दा १७, काउली १७ रुपैयाँ प्रतिकिलो छ।
बिज्ञापन
त्यसैगरी मकै बोडी ६५, रातो मुला २५, लाम्चो मन्टा ४५, करेला १००, लौका ४५, हरियो फर्सी १७, रायोको साग १५, कन्य च्याउ ८५, डल्ले च्याउ २७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा २७, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ४५, सुकेको भारतीय प्याज ६४, तराईको गाँजर ६५, लोकल बन्दा २५, तराईको बन्दा १७, स्थानीय काउली २५, तराईको काउली १५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी सेतो मुला २५, लाम्चो भन्टा ३५, करेला १००, घिउ सिमी ८५, पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी ९५, स्कुस ४०, रायोको साग १५, कन्य च्याउ ८६, डल्ले च्याउ २९०, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो थियो।








