सडक डिभिजन दाङले राष्ट्रिय राजमार्गअन्तर्गतका सडक क्षेत्रमा बिस्कुन सुकाउने, विज्ञापन बोर्ड राख्ने, सवारी पार्किङ, गाडी धुनेलगायतका कार्य नगर्न अनुरोध गरेको छ।
बिज्ञापन
डिभिजनले शुक्रबार सूचना जारी गर्दै डिभिजनको कार्य क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्गअन्तर्गत धानखोला–शिवखोला सडक खण्ड, मदनभण्डारी राजमार्गअन्तर्गत सीतलपाटी –खलङ्गा बालुवासंग्रही लगायतका सडकमा यस्तो कार्य नगर्न आग्रह गरेको छ।
बिज्ञापन
साथै यस्तो कार्य गरेको पाइएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही हुनेसमेत सूचनामा उल्लेख छ।








