होमपेज > भूपू सैनिक दम्पतीलाई गोली हान्न प्रयोग भएको पेस्ताल भारतबाट ल्याएको

भूपू सैनिक दम्पतीलाई गोली हान्न प्रयोग भएको पेस्ताल भारतबाट ल्याएको

बिज्ञापन
बिज्ञापन

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा भएको गोली आक्रमणमा प्रयोग भएको पेस्ताल भारतबाट खरिद गरेर ल्याएको अभियुक्तले बयान दिएका छन् ।

बिज्ञापन

गोली प्रहारलगत्तै प्रहरी नियन्त्रणमा आएका अभियुक्त शाहिर शंकरले उक्त पेस्ताल भारतबाट आफूले खरिद गरेर ल्याएको बताएका छन् । एक अनुसन्धान अधिकृतका अनुसार शंकरले उक्त पेस्तोल आफूले ६० हजार नेपाली रुपैयाँमा खरिद गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले भूतपूर्व सैनिक दम्पतीको हत्या योजनाअनुसार नै भारतको बिहारबाट पेस्तोल खरिद गरेको बताएका छन् । प्रहरीले उनको साथबाट म्यागजिन सहितको अटोमेटिक पेस्तोल एक थान सहित म्यागजिनमा लोड भएको चार राउण्ड गोली, पड्केको अवस्थामा एक राउण्ड गोली र शंकरको ज्याकेटबाट थप पाँच राउण्ड गोली बरामद गरेको थियो ।

बिज्ञापन

गोली आक्रमणपछि प्रतिकार गर्ने क्रममा उनी समेत घाइते भएका थिए । उनको टाउकामा चोट लागेको छ भने हात समेत भाँचिएको छ । आक्रमणको प्रतिकार गर्दा उनी समेत गम्भीर घाइते भएका थिए । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । शंकरले शनिबार राति साढे १० बजेतिर अर्जुन श्रेष्ठको घरभित्र पसेर अर्जुन र उनकी श्रीमती शान्तिदेवीमाथि गोली प्रहार गरेका थिए । उनीहरूको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

गोली आक्रमणबाट घाइते भएका अर्जुन भुतपूर्व सैनिक हुन् । शंकरले शान्तिदेवीमाथि गोली प्रहार गरेका थिए । उनको घाँटीको छेउबाट गोलीले छेड्दै अर्जुनको पेटमा गोली लागेको थियो । गोली अर्जुनकै पेटमा अड्किएको मेडिकल जाँचबाट पुष्टि भएको थियो । आक्रमण गर्ने शंकर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ का बासिन्दा हुन् ।अहिले तीनै जना उपचारकै क्रममा रहेकाले घटनाको यकिन विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

बिज्ञापन

‘प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण आक्रमण भएको बुझिएको छ । तीनै जना उपचारको क्रममा रहेकाले यसको यकिन विवरण खुल्न बाँकी नै छ,’ एसपी अधिकारीले भने । शंकरले भने श्रेष्ठ दम्पतीको हत्या गरेर आफूले आत्महत्या गर्ने तयारी गरेको शंकरले बताएको एक अनुसन्धान अधिकृतले बताए । मध्यराति पूर्वसैनिकको घरमा उनी कसरी प्रवेश गरे, किन गोली प्रहार गरेर आत्महत्या गर्नेसम्मको योजनामा पुगे भन्नेबारे अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते