होमपेज > रिहा हुनासाथ फेरि पक्राउ परे दुर्गा प्रसाईं

रिहा हुनासाथ फेरि पक्राउ परे दुर्गा प्रसाईं

बिज्ञापन
बिज्ञापन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ। बिहीबार काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले प्रसाईंलाई पुनः पक्राउ गरेको हो।

बिज्ञापन

आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेको हो। आफूलाई पुन: पक्राउ गरेपछि प्रसाईंले सञ्चारमाध्यमसँग बोल्न खोजेका थिए। तर, प्रहरीले ‍सञ्चारमाध्यमलाई प्रसाईं नजिक जान रोक लगाएको थियो।

बिज्ञापन

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ। विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरू परिचालन गरी धम्की दिएर पैसा असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी गरेको नक्कली कागज सार्वजनिक गरेको आरोपमा प्रसाईं यही मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते