नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिज्ञापन
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको थियो । विगत तीन दिनसम्म स्थिर रहेको चाँदीको मूल्य आज घटेको हो ।
बिज्ञापन
अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।








