पूर्वगृह तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्की लगिएको छ।
बिज्ञापन
उनीसँगै पूर्वडीआईजी छविलाल जोशी तथा जीबी राईका साझेदार रामबहादुर खनाल, लिला पछाइ पनि अदालत लगिएको छ। उनीहरूको म्याद थपसम्बन्धी बहस न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा परेको छ।
बिज्ञापन
संगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ९० दिनभित्र अदालतमा मुद्दा लैजानु पर्ने कानूनी प्रावधान छ। संगठित अपराधमा पहिला जोशीलाई पक्राउ गरेको थियो।
उनीलाई पक्राउको दिनदेखि अब जम्मा १० दिन प्रहरीले यस कसूरमा पक्राउ परेकाहरूलाई हिरासतमा राख्न पाउने छ।








