होमपेज > गणेश चतुर्थी: देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो

गणेश चतुर्थी: देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो

बिज्ञापन
बिज्ञापन

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा शनिबार देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

बिज्ञापन

हरितालिका तीजको भोलीपल्ट मनाइने गणेश चतुर्थीका अवसरमा देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । यसै अवसरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा गणेश जन्मोत्सव जात्रा मनाइएको छ । सूर्यविनायक गणेश मन्दिरबाट गणेशको मूर्ति विराजमान खटलाई टोलटोलमा परिक्रमा गराइन्छ ।

बिज्ञापन

सूर्यविनायक नगरपालिका–६र८ का बासिन्दाले सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई मा गणेश जन्मोत्सव जात्रा मनाएका हुन् । सूर्यविनायक मन्दिरमा नित्य पूजा गर्दै आउनुभएका पण्डित इश्वरप्रसाद भट्टराईले गणेशको जन्मोत्सवका अवसरमा विशेष पूजा गरिने र त्यसपछि गणेशको मूर्तिसहितको खटलाई नगर परिक्रमा गराउने परम्परा रहेको बताए ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा रहेको स्थानीयहरुको भनाइ छ । काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । सो मन्दिरमा गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते