होमपेज > दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

बिज्ञापन
बिज्ञापन

काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईं सहित २६ लाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। आइतबार इजलासमा बहस नभएको र म्याद थप मात्रै भएको उनले बताए।

बिज्ञापन

प्रहरीले उनीहरूमाथि राज्‍यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। त्यसअनुसार प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

यसअघि शुक्रबारमात्रै सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। मिश्रले आफूलाई बयान र अनुसन्धान सकिएपनि प्रहरीले हिरासतमै राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिटमा न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले हाजिर जमानीमा छाड्‍न आदेश दिएको थियो।

बिज्ञापन

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनर्स्‍थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो। तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते