बुद्ध एयरले १९ औँ एटीआर विमान भित्र्याएको छ।
बिज्ञापन
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्धले नयाँ एटीआर–७२ विमान थपेको हो। योसँगै कम्पनीसँग एटीआर–७२ सिरिजका विमानको संख्या १६ पुगेको कम्पनीले जनाएको छ। नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ।
बिज्ञापन
कल साइन नाइन एन–एओजी विमान फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट खरिद गरेको हो। हाल बुद्धसँग तीनवटा एटीआर–४२–३२० र १६ वटा एटीआर–७२–५०० जहाज रहेका छन्।
बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ।








