कुमारी बैंकले यूएसएडसँगको सहकार्यमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धन अभियानअन्तर्गत उद्यमीलाई प्रशिक्षण दिएको छ।
बिज्ञापन
बैंकले महिला सशक्तीकरण केन्द्र, कीर्तिपुरसँगको समन्वयमा उद्यमीलाई प्रशिक्षण प्रदान गरेको जनाएको छ। बैंकले उक्त अभियानअन्तर्गत सहज रूपमा बुझ्न सकिने वित्तीय साक्षरता पुस्तिका र वित्तीय उद्यमी प्रशिक्षण प्रदान गर्दै आएको छ।
बिज्ञापन
वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन र विकास हुने विश्वासका साथ बैंकले प्रशिक्षण प्रदान गरेको जानकारी दिएको हो। उद्यमी प्रशिक्षणबाट स्थानीय निकायमा रहेका उद्यमी सोचको प्रवर्द्धन तथा विकासमा सहयोग पुगेको बैंकको विश्वास रहेको जनाएको छ।








