लक्ष्मणघाटबाट सिमलखोरतर्फ जाँदै गरेको बोलेरो पिकअपबाट खसेर एक जनाको मृत्यु भएको छ।
बिज्ञापन
कपिलवस्तुको वाणगंगा नगरपालिका–५ सिमलखोर बस्ने ४५ वर्षीय बाबुराम थारूको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो लु १ च ६०१९ नम्बरको बोलेरो पिकअपबाट खसेर गम्भीर घाइते भएका थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।
बिज्ञापन
पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।








