दक्षिण भारतीय अभिनेता नागा चैतन्यले विवाह गर्ने पक्कापक्की भएको छ । नागाको सन् २०२१ मा सामन्था रुथ प्रभुसँग डिभोर्स भएकाे थियाे। उनले आज शोभिता धुलिपालाले इन्गेजमेन्ट गरेका हुन्।
बिज्ञापन
समान्था र नागा तीन वर्षको प्रेम सम्बन्धपछि सन् २०१७ मा वैवाहिक जीवनमा बाँधिएका थिए । विवाहको चौथो वार्षिकोत्सव आउनु चार दिन अघि उनीहरु सदाका लागि अलग्गिए । उनीहरूले बिहीबार नजिकका साथीभाइ र परिवारबीच इन्गेजमेन्ट गरेका हुन्। उनीहरूको इन्गेजमेन्टको तस्बिर नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा सेयर गरेका छन्।
बिज्ञापन
‘हाम्रो आफ्नो छोरा नागा चैतन्यको शोभिता धुलिपालासँग इन्गेजमेन्ट घोषणा गर्न पाउँदा निकै खुशी छु। जुन आज बिहान ९ः ४२ बजे भएको हो। हामी आफ्नो परिवारमा शोभितालाई स्वागत गर्न पाउँदा निकै खुशी छौं। यस जोडीलाई धेरै बधाई,’ उनले लेखेका छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार नागा चैतन्य र शोभिता धुलिपाला गत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए।








