होमपेज > नेप्सेमा १७.८० अंकले वृद्धि, ६ कम्पनीमा सर्किट

नेप्सेमा १७.८० अंकले वृद्धि, ६ कम्पनीमा सर्किट

बिज्ञापन
बिज्ञापन

मंगलबार शेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेको छ।

बिज्ञापन

सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ। परिसूचक बढ्दा कारोबार रकम घटेको छ। अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो। १४२ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने ५ को स्थिर रह्यो। फाइनान्स १.३९, हाइड्रोपावर १.८५, जीवन बीमा १.५२, उत्पादन ०.०६, व्यापार ५.९६ र अन्य समूह ०.२७ प्रतिशत बढे। बैंकिङ ०.१९, विकास बैंक ०.३७, होटल तथा पर्यटन १.७१, लगानी ०.४१, माइक्रोफाइनान्स ०.३२ तथा निर्जीवन बीमा समूह ०.५२ प्रतिशत घटे।

बिज्ञापन

४ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो। ङादी ग्रुप पावरको ८.६, शिवश्री हाइड्रोको ८.१ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशत मूल्य बढ्यो। अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढिरहेको विशाल बजार कम्पनीको यस दिन ६.४ प्रतिशत बढ्यो। सो कम्पनीको मूल्य प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको छ।

त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ९.५, जानाकी फाइनान्सको ६.१, गुराँस लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा ङादी ग्रुप, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, बेस्ट फाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते