सशस्त्र प्रहरीले ६ लाखबढीको रुद्राक्षको दाना बरामद गरेका छन्।
बिज्ञापन
सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले आज बरामद गरेको हो। धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शङ्का लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ के.जी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो।
बिज्ञापन
बरामद रुद्राक्षको दाना आवश्यक कारबाहीको लागि राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ।








