होमपेज > लक्ष्मी सनराइज बैंकद्धारा डिजिटल डिसेम्बरको छैटौं संस्करण सुरु

लक्ष्मी सनराइज बैंकद्धारा डिजिटल डिसेम्बरको छैटौं संस्करण सुरु

बिज्ञापन
बिज्ञापन

लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने उद्देश्यले सञ्चालन गर्ने वार्षिक अभियानको छैटौं संस्करण सुरु गरेको छ।

बिज्ञापन

‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराको साथ लक्ष्मी सनराइजले आफ्नो अभियान सुरु गरेको जनाएको छ। बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरि डिजिटल बैँकिङ प्रयोग गर्न प्रोत्साहन गर्न अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ।

बिज्ञापन

यस अभियानमा विभिन्न अफरका साथै विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बैंकको भनाइ छ।

-बैंकका ग्राहकलाई विशेष अफर :

बिज्ञापन

१-सरलीकृत कर दाखिला : डिसेम्बर महिनाभरि मोबाइल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन्। आफ्नो खातामा यसरी प्यान वा एनआईडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन्।

२-सहज बिजुली बिल भुक्तानी : मोबाइल मनी प्रयोगकर्ताले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन्। मोबाइल मनी एपबाटै सो सेवामा आबद्ध भई डिसेम्बर महिनाभरि मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्नेछन्।

३-क्रेडिट कार्डमा विशेष अफर: तोकिएकॊ योग्यता पुगेका ग्राहकले डिसेम्बर महिनाभरि क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।

४-लचिलो वित्तीय समाधान : आज किनौं, भोली तिरौं ९बीएनपीएल० स् क्रेडिट कार्ड ग्राहकले डिसेम्बर महिनाभरि आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढीको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिना नै सो भुक्तानीलाई सरल किस्ताबन्दीमा विभाजन गर्न सक्नेछन् ।

५-अन्तर-बोर्डर भुक्तानी सेवा : लक्ष्मी सनराइज बैंकका क्यूअर सेवाग्राही व्यवसायीहरूले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरि भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन्।

साथै वित्तीय शिक्षा कार्यक्रम अन्तर्गत ‘डिजिटल संवाद’ कार्यक्रम सञ्चालन गरिने छ। अन्य डिजिटल वित्तीय सेवाप्रदायकसँगको सहकार्यमा देशका विभिन्न स्थानमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन हुने बैंकले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते