स्थानीय बजारमा अन्डाको भाउ घटेको छ। यसअघि २० कात्तिकमा तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।
बिज्ञापन
संघले २० कात्तिकमा मिडियम साइजको अन्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ। यस्तै ठूलो अन्डाको भाउ ४ सय ५५ रुपैयाँ प्रतिक्रेट आजदेखि लागु भएको छ। यसअघि ५ सय ५ रुपैयाँ थियो।
बिज्ञापन
त्यसैगरी सबैभन्दा ठूलो (एक्सएल) अन्डाको भाउ भने नयाँ तोकिएको छैन। अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ।








