लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ।
बिज्ञापन
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गर्ने भएको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ।
बिज्ञापन
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।








