रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
बिज्ञापन
मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्। जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिज्ञापन
बेपत्ता एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान हुन बाँकी छ।








