साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २२.९९ अंकले बढेर २६३२.०५ को विन्दुमा कायम भएको छ।
बिज्ञापन
नेप्सेमा यसदिन ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एउटा कम्पनीमा भने नकारात्मक सर्किट लागेको छ ।यसदिन सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभपलमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स तेह्रथुम पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
बिज्ञापन
सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै विन नेपाल लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।








