सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको छ।
बिज्ञापन
सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन्। यसअघि सरदर प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम भएको छ । सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए। तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि रोकिएको थियो।
बिज्ञापन
यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन्। सबै सहमत भएसँगै ठुला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको छ। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सञ्चालन खर्चसमेत धान्न मुस्किल भएपछि मूल्य बढाउने सहमति गरिएको बताए। उनले भने, ‘सधैँ यो अवस्थामा रहेर टिक्न सकिँदैन भनेर केही उद्योगहरूले मूल्य समायोजन गरेका छन्, सबैले होइन,’ उनले भने।
मारुका अनुसार निर्माणको सिजन भए पनि अहिले उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन्।








