होमपेज > ८ महिनामा लघु निर्जीवन बीमकको व्यापार ५८ करोड, बढी व्यापार गर्नमा अगाडि नेपाल माइक्रो

८ महिनामा लघु निर्जीवन बीमकको व्यापार ५८ करोड, बढी व्यापार गर्नमा अगाडि नेपाल माइक्रो

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको ८ महिनामा लघु निर्जीवन बीमा कम्पनीहरूले ५७ करोड ९६ लाख रुपैयाँ बढीको व्यापार गरेका छन्। ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरूले उक्त व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ।

बिज्ञापन

जसमध्ये सबैभन्दा बढी व्यापार नेपाल माइक्रो इन्स्योरेन्सले गरेको छ। नेपाल माइक्रोले चालु आवको ८ महिनासम्ममा १६ करोड ६४ लाख रुपैयाँ बढीको व्यापार गरेको छ भने प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्सले १४ करोड ६३ लाख रुपैयाँको व्यापार गरेको छ। यसैगरी, स्टार माइक्रो इन्स्योरेन्सले १३ करोड ५१ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १३ करोड १६ लाख रुपैयाँको कारोबार गरेको हो।

बिज्ञापन

नेपाल माइक्रोले ६५ हजार ८३७ वटा बीमा पोलिसि बिक्री गर्दा प्रोटेक्टीभ माइक्रोले ५५ हजार ६२३, स्टारले ६१ हजार ९४ र ट्रस्ट माइक्रोकोले ४७ हजार ५४३ वटा बीमालेख जारी गरेको छ। ४ कम्पनीले कुल २ लाख ३० हजार वटा बीमा पोलिसि बिक्री गरेका छन्। जसमध्ये फागुन महिनामा मात्रै कम्पनीहरूले ७ करोड ६७ लाख रुपैयाँ बढीको २९ हजार ७५९ वटा पोलिसि बिक्री गरेका हुन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते