पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। उनको ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।
बिज्ञापन
उनको स्वास्थ्यमा समस्या आएसँगै पुरानो बानेश्वरस्थित फ्रण्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो। कानून व्यवसायको क्षेत्रमा पनि चर्चित बनेका उनी वरिष्ठ अधिवक्तासमेत हुन्।
बिज्ञापन
उनी विं.सं. २०४८ देखि ०५१ सालसम्म सभामुख थिए। उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निभाएका थिए।








