साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ। आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ।
बिज्ञापन
आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार बराबरको कारोबार भएको छ। आज बैंकिङ शून्य दशमलव २१, वित्त एक दशमलव ६३, उत्पादन तथा प्रशोधन एक दशमलव १३ र निर्जीवन बीमा समूह शून्य दशमलव ६९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक दुई दशमलव २१ प्रतिशतले बढेको छ।
बिज्ञापन
त्यस्तै, विकास बैंक शून्य दशमलव ६२, जलविद्युत् शून्य दशमलव ८५, लगानी शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव २१, लघुवित्त एक दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव २४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।








