होमपेज > चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर

बिज्ञापन
बिज्ञापन

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अप्रत्याशित रूपमा दर्शकको मन जितिरहेको छ। बिहीबार लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले यतिबेला चौतर्फी चर्चा पाइरहेको छ।

बिज्ञापन

पहिलो दिनमा उल्लेखनीय दर्शक नपाएको यो चलचित्रले दोस्रो दिनदेखि वर्ड अफ माउथको बलमा उत्कृष्ट प्रतिक्रियापाउन सफल भएको थियो। हाउसफूलको स्थितिमा पुगेपछि अहिले हलहरूले शो थपिरहेका छन्, जसले गर्दा मल्टिप्लेक्सहरूले सुरुका शोभन्दा दोब्बर शो प्रदान गरिरहेका छन्। यो चलचित्रलाई सुरुमा देशकै ठूला मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र बाहिर गरेर कुल ३८ शो दिएको थियो। तर, उच्च मागका कारण आज क्यूएफएक्सले काठमाडौंमा ३१ र बाहिर ३३ गरी कुल ६४ शो उपलब्ध गराएको छ। यसका साथै, अन्य हलहरूले पनि सुरुवातमा तीन-तीन शो मात्र दिएका थिए भने अहिले सात शोसम्म थपेका छन्।

बिज्ञापन

‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको अभूतपूर्व साथ पाएसँगै केही हलहरुले मध्यरातसम्म शो राख्नुपरेको र धेरै शोहरू ‘फिलिङ फास्ट’ भएको समेत बताएका छन्। चलचित्रको प्राप्त शोमध्ये सबैको अकुपेन्सी ८० देखि १०० प्रतिशतसम्म देखिन्छ। मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ भने यसले सफलताले नेपाली चलचित्र क्षेत्रमा सकारात्मक उत्साह ल्याएको दर्शकको ध्यान अझै तान्दै जाने अपेक्षा गरिएको छ।

प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र चलचित्रका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा घर पुगिरहेका छन्। त्यस क्रममा अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए चलचित्रले धरधरी रुवायो ! चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखा भरी आँसु लिएर फिर्किएको देखिन्छ। सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’ लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने विश्वास दिलाएको छ ।

बिज्ञापन

बाबु ९छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ। निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ। यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन्। यस्तै, समीक्षकहरूले सिनेमा सराहना गरेका छन्। सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ।

चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सिनेमामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यो सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते