धरानको बराहक्षेत्र नगरपालिका- ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन्।
बिज्ञापन
जुवा खेलाइरहेको सूचनाका आधारमा धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिमिल्सिनाले जुवाडेका १२ थान मोबाइल पनि बरामद गरिएको बताए। उनका अनुसार पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
बिज्ञापन
उनीहरुमाथि केही सार्वजनिक अपराध र सजाय ऐन-२०२७ अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।








