बारा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। गाइगोठमा लुकाइछिपाइ प्याकिङ गरिरहेको अवस्थामा आइतबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
बिज्ञापन
प्रहरीले ३४ किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । सिम्रौनगढ प्रहरीको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलाई पक्राउ गरेको हो ।
बिज्ञापन
सोही वडा निवासी हिरा महतोको गाइगोठभित्र लुकाइछिपाइ गाँजा प्याकिङ गरिरहेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका दुबैजनामाथि लागु औषध सम्बन्धीको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।








