होमपेज > १० लाख रुपैयाँसहित १० जना पक्राउ

१० लाख रुपैयाँसहित १० जना पक्राउ

बिज्ञापन
बिज्ञापन

विराटनगरमा जुवा खेलिरहेको अवस्थामा १० लाख रुपैयाँसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर ११ स्थित संगम पार्टी प्यालेसमा शुक्रबार राती करिब १० बजे यातायात व्यावसायी, ब्यापारी तथा राजनीतिक दलका नेताहरूसित १० जनालाई मोरंग प्रहरीले पक्राउ गरेको हो।

बिज्ञापन

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा आलु प्याजका थोक विक्रेता ५७ वर्षीय पशुपति भगत, यातायात व्यावसायी ६१ वर्षीय राजन कँडेल, ध्रुव सिग्देल, टुनटुन शर्मा, लिला सहनी, मनिराज प्रसाई, विरेन्द्र साह, सुरेन्द्र ठाकुर, बाबुराम कटेल, र पार्टी प्यालेस सञ्चालक पदम श्रेष्ठ रहेका छन्।

बिज्ञापन

प्रहरी प्रवक्ता जोशीका अनुसार जुवा खालबाट ५ बुंग ताससहित १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ बरामद भएको छ। राती पक्राउ परेसँगै विराटनगरका राजनीतिक दल र वडाका अध्यक्षले समेत प्रहरीलाई पक्राउ परेकालाई छाड्न दबाब दिएका छन्। चाडपर्वका क्रममा विराटनगर आसपासमा जुवाको ठूलो खाल जम्ने गरेको छ। गत भदौमा मोरङको ग्रामथान गाँउपालिकाका पूर्व अध्यक्ष तथा नेकपा एमालेका नेता शिवनारायण माझी थारुसहित ९ जना जुवाडेलाई १८ लाख ५१ हजार रुपैयाँको खालबाट पक्राउ गरेको थियो।

सो घटनामा तत्कालीन प्रहरी प्रमुख नवराज कार्कीको कमजोरी देखिएपछि कारबाहीको एक कडी बनेको बताइन्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते