होमपेज > मोबाइल फोन विस्फोट हुँदा एकको मृत्यु

मोबाइल फोन विस्फोट हुँदा एकको मृत्यु

बिज्ञापन
बिज्ञापन

मोबाइल फोन विस्फोट हुँदा भारतमा शुक्रबार एक जनाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भिण्ड जिल्लामा चन्द्रप्रकाश नामका एक युवकको मोबाइल विस्फोटमा ज्यान गएको हो।

बिज्ञापन

भारतीय सञ्चार माध्यमहरूका अनुसार ती व्यक्तिले खाना पकाउँदै मोबाइल फोन हेरिरहेका थिए। तर अचानक हातबाट तातो तेलमा मोबाइल खस्दा फोन केहीबेरमै विस्फोट भयो। उनलाई पूर्ण रूपमा जलेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो। तर अस्पताल पुग्न नपाउँदै बाटोमै उनको मृत्यु भयो। पीडितका परिवारजनले एम्बुलेन्स ढिलाइका कारण युवकको ज्यान गएको आरोप लगाएका छन्।

बिज्ञापन

युवकलाई सुरुमा लहारको सिभिल अस्पतालमा लगिएको थियो, जहाँबाट थप उपचारका लागि ग्वालियर पठाइएको थियो। तर, सिन्ध नदीको पुलमा जाम हुँदा एम्बुलेन्स ढिला भयो र बाटोमै निधन भयो। लहार प्रहरी चौकीले मृतकका आफन्तको उजुरीका आधारमा “मोबाइल विस्फोटबाट मृत्यु” को घटनाको उजुरी दर्ता गरेको छ ।

मृतक युवक चन्द्रप्रकाशको परिवारमा उनकी पत्नी, १४ वर्षकी छोरी र ८ वर्षको छोरा रहेका छन्। त्यस्तै लहार प्रहरी चौकीमा मृतकका नातेदारले ‘मोबाइल विस्फोटबाट मृत्यु’ भएको भन्दै निवेदन दर्ता गरेका छन् । मृतकको एक श्रीमती, १४ वर्षीया छोरी र ८ वर्षीय छोरा रहेको बताइएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते