होमपेज > एमालेले बोलायो सचिवालय बैठक, के-के छन् एजेण्डा?

एमालेले बोलायो सचिवालय बैठक, के-के छन् एजेण्डा?

बिज्ञापन
बिज्ञापन

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा साँझ ५ बजे सचिवालय बैठक बस्ने तय भएको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको जनाएको छ ।

बिज्ञापन

एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएको तीन महिना पुगे पनि सरकारले आशा जगाउन सकेको छैन । कार्यमूलक हुन नसकेको सरकारले विवादास्पद काम गर्दा आलोचनाको तारो बनिरहेको छ । अदालतबाट दोषी ठहर भएका व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालयका लागि दान गरेको जग्गा दशैंको छेको पारेर स्वीकार गरेपछि एमालेको नियतमाथि नै प्रश्न उठाइएका छन् ।

बिज्ञापन

एकपछि अर्को विवाद र अकर्मण्यतामा सरकार फसेपछि तथा अपेक्षित ढंगले काम गर्न नसकेपछि सत्तारुढ दलभित्रै सुशुप्त रूपमा यसको विकल्पबारे छलफल हुन थालेका छन् । सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको कुनै प्रमाण नभेटिएका रास्वपाका सभापति रवि लामिछाने पक्राउ प्रकरणले सरकारमाथि राजनीतिक प्रतिशोध साधेको आरोप लागेको छ । जिल्ला अदालत, कास्कीको अनुमतिमा शुक्रबार साँझ लामिछाने पक्राउ परेपछि रास्वपाले यसको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन जारी राखेको छ ।

बैठकमा स्थानीय तहको उपनिर्वाचनका विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् । स्थानीय तहमा विभिन्न कारणले रिक्त बनेका पदहरूमा आगामी मंसिर १६ गते निर्वाचन हुँदैछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते