होमपेज > बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

बिज्ञापन
बिज्ञापन

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

बिज्ञापन

कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड (CONNECTED. INSPIRED. UNITED) थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए बापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ ।

बिज्ञापन

साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड (All Brand Top Sales Award) , एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड (Asia Pacific Outstanding Strategic Partner Award), २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड  (2024 Excellent Partner Award) र टप २० स्टोर अवार्ड (Top 20 Store Award ) प्राप्त गरेको छ । यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे बापत धेरै व्यक्तिहरूलाई सम्मानित गरियो । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरे ।

नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि.ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड (2024 Outstanding Marketing Dealer Award)  प्राप्त गर्‍यो । त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि. ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड  (2024 Excellent Partner Award) र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड (2024 Best Sales Growth Dealer Award) प्राप्त गरे ।

बिज्ञापन

‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ ।’, साइमेक्स इंक प्रा.लि. का अध्यक्ष अनिल श्रेष्ठले भने ।

‘बीवाईडीले मेरो कडा परिश्रमको पहिचान गरेकोमा म अविश्वसनिय रूपमा गर्व र कृतज्ञ महसुस गरेको छु । कार बिक्री गर्नु मात्र होइन, यो एक भिजनलाई ड्राइभ गर्नु, मानिसहरूलाई दिगो भविष्य अँगाल्नका लागि मद्दत गर्नु र वास्तविक रूपमा केही फरक देखाउनु हो । मेरा प्रत्येक रातका योजना, प्रत्येक चुनौती र प्रत्येक कार्यबाट यो अवस्था आइपुगेको छ र यसका लागि मेरा ग्राहक तथा मेरो टिमले मप्रति गर्नुभएको विश्वासका लागि सबैप्रति कृतज्ञ छु ।’, साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले भने ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते