हाम्रो घरको करेसाबारी वा बजारमा सहजै पाइने लाैकाको अनेक फाइदाहरु छन्। लाैकामा भिटामीन, खनिज र फाइबर हुन्छ। लाैकामा प्रशस्त मात्रामा कोलिन पाइने हुनाले मस्तिष्कको कार्यशक्ति बढाउन र मानसिक तनाव र डिप्रेसनजस्ता समस्याबाट उन्मुक्ति गराउछ।
बिज्ञापन

बिज्ञापन
कलेजोको लागि पनि यो अत्यन्तै फाइदाजनक छ । लाैकाले तौल घटाउन पनि मद्दत गर्छ। लाैकाको जुस बनाएर पनि पिउन सकिन्छ। जुन स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ।

बिज्ञापन
-यस्ता छन् लौका खानुका फाइदाहरु:
१-कपाल फुल्नबाट रोक्छ:

नियमित रुपमा लौकाको तरकारी वा जुस बनाएर एक गिलास पिउने गर्नाले कपाल सेतो अर्थात् कपाल फुल्नबाट रोक्छ ।
२-मानसिक तनाव कम गर्न :

लौकामा रहेको न्यूटेशनले शरीरमा शक्ति पैदा गर्नुका साथै मानसिक तनाव कम गर्न मद्दत गर्छ ।
३-तौल घटाउन:

लौकाको सेवनले शरीरको तौल घटाउन मद्दत गर्छ । यसमा ९६ प्रतिशत पानीको मात्रा हुन्छ र प्रशस्त मात्रामा फाइबर हुन्छ जसले भोक लाग्बाट रोक्छ ।
४- पेट सफा गर्न:

कब्जियत तथा एसिडिटी भएका ब्यक्तिहरुका लागि लौकाको जुसले निकै फाइदा गर्छ किनकी यसमा फाइबर हुन्छ जसले पेट सफा गर्न मद्दत गर्छ ।
५-गर्भाशय बलियो बनाउन:

लौकाको नियमित सेवनले त्वचालाई सुन्दर र कोमल बनाउँछ । साथै पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
६-मुटुलाई स्वस्थ राख्न:

यसको सेवनले शरीरमा कोलेस्टेरोलको मात्रा कम गर्नुका साथै यसमा हुने भिटामिन सी र एन्टी अक्सिडेन्ट नामक तत्वले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
७-उच्च रक्तचाप कम गर्न:

लौको जुस एक दिनमा एक गिलास सेवन गर्नाले उच्च रक्तचाप सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
-यो पनि पढ्नुहोस्:
के तपाईंलाई रायोको साग मन पर्छ? यस्ता छन् रायो खानुका फाइदाहरु








