होमपेज > लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एप मार्फत् देखाए हुन्छ: प्रधानमन्त्री ओली

लाइसेन्स बोकिरहन पर्दैन, नागरिक एप मार्फत् देखाए हुन्छ: प्रधानमन्त्री ओली

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै उनले अब उपरत्न नागरिक एप मार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको बताए ।

बिज्ञापन

उनका अनुसार यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ। यसमा ट्रायल पास गरेपछि लाइसेन्स कार्डको सट्टा नागरिक एपमा डिजिटल लाइसेन्स पाउन सकिनेछ। साथै, ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले काट्ने चिटको रकम त्यही ठाउँमै डिजिटल पेमेन्ट गरेर तिर्ने सुविधा पनि गरिएको छ।

बिज्ञापन

प्रधानमन्त्री ओलीका अनुसार यो व्यवस्थाले सवारी लाइसेन्स छपाइमा देखिएको समस्याको अन्त्य मात्र होइन, सवारी नियम उल्लंघन गर्दा हुने झन्झट पनि हट्नेछ। यससँगै नागरिक एपमा थप सुविधाहरू पनि ल्याउन तयारी भइरहेको जनाइएको छ।

ओलीले भने, “हामी कुनै पनि कामको लागि नागरिकले लाइन बस्नु पर्ने समस्याबाट मुक्त गराउन लागिपरेका छौं। यो सुविधाले राज्यबाट छिटो सेवा प्रवाहमा टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।”

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते