होमपेज > पाथीभरा मन्दिरमा शनिबार झण्डै ६ हजारले गरे दर्शन

पाथीभरा मन्दिरमा शनिबार झण्डै ६ हजारले गरे दर्शन

बिज्ञापन
बिज्ञापन

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै ६ हजार तीर्थालुले दर्शन गरेका छन्।

बिज्ञापन

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार शनिबार ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेका छन्। यो संख्या असोज महिनाकै सबैभन्दा बढी हो।पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार असोज महिना भरमा ५ हजार ९ सय ४९ दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए।

बिज्ञापन

असोज दोस्रो साता परेको अबिरल वर्षापछि मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध बनेको थियो। सो कारण नवरात्रको समयमा पनि पाथीभरा सुनसान जस्तो थियो।दुवै सडक मार्ग सुचारु भएसँगै पाथीभरा मन्दिर दर्शन गर्ने तिर्थालुलको संख्यामा दिनहुँ वृद्धि हुँदै गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।

धनकुटाबाट पाथीभरा मन्दिरको दर्शन गर्न आएका तीर्थालु गोपाल बराइलीले पाथीभरा क्षेत्रको माथिल्लो फेदीबाट शनिबार बिहान २ बजे उठेर मन्दिरतर्फ लाग्दा तीर्थालुहरु पदमार्गमा प्रशस्तै भेटिएको सुनाए।पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले तिर्थालुको चाप बढेसँगै मन्दिर परिसरमा तीर्थालुको व्यवस्थापनका लागि लाइन लगाई पूजाआजा गर्ने प्रबन्ध मिलाइएको जानकारी दिए। ‘तिर्थालुलाई सहज रुपले पूजा गरी फर्कने गरीको व्यवस्थापन गरिएको छ’ महतले भने।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते