बुद्ध एयरको उडिरहेको जहाजमा समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको छ।
बिज्ञापन
बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको उडान नं १००, जहाज नाइन एन-एजेएस जहाजमा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको हो। ‘दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाइभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ’, बुध्द एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ।
बिज्ञापन
प्राविधिक टोलीले जहाज परीक्षण गरिरहेको जनाइएको छ।








