घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौं दिन मंगलबारसम्म फिल्मले एक महत्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ ।
बिज्ञापन

बिज्ञापन
चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । “एक सातामा हाम्रो चलचित्रले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिनुभएको छ,” ‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले भने ।

बिज्ञापन
गत बिहीबार अथवा फूलपातीका दिनदेखि यो चलचित्र रिलिज भएको थियो । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा–५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज भएका थिए । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने बक्सअफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् ।









