पप ब्यान्ड वन डाइरेक्सनका चर्चित गायक लियाम पेनको निधन भएको छ ।
बिज्ञापन
अर्जेन्टिनाको ब्युनस आयर्सस्थित कासा सुर होटेलको तेस्रो तल्लाबाट खसेर पेनको मृत्यु भएको हो । ३१ वर्षीय उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुग्दा पेनको मृत्यु भइसकेको ब्युनस प्रहरीले जनाएको छ ।
बिज्ञापन
पेनले ड्रग्स र अल्कोहल सेवन गरेका कारण घटना घटेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।








